Section 26
जलवायु परिवर्तनबाट हुने असर तथा जोखिमको व्यवस्थापन
(१) नेपाल सरकारले जलवायु परिवर्तनको प्रतिकूल असर तथा जोखिमको व्यवस्थापन गर्ने प्रयोजनको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सार्वजनिक निकाय एवं निजी क्षेत्रबाट कार्यान्वयन गरिने क्षेत्रगत नीति, रणनीति वा कार्ययोजनामा जलवायु परिवर्तनको प्रतिकूल असर तथा जोखिम न्यूनीकरणको लागि अवलम्बन गर्नु पर्ने उपायका सम्बन्धमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक आदेश जारी गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम आदेश जारी गर्दा नेपाल सरकारले प्राथमिकताका क्षेत्र तोक्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम आदेश जारी गर्दा नेपाल सरकारले प्राथमिकताका क्षेत्र तोक्न सक्नेछ।